भारतीय र ड्यास माओवादीको 'कनेक्सन'
Published on: Monday, July 8, 2013 // समाचार
'अपरेशन ग्रिनहण्ट'को विरोध

'भारतको छत्तीसगढ, झारखण्ड लगायतका राज्यहरुमा त्यहाँको केन्द्र र राज्य सरकारले अपरेशन 'ग्रिनहण्ट'का साथै अर्ध सैनिक बलको प्रयोग गरी ती क्षेत्रहरुमा जुन दमन, हत्या र आतंक मचाउने काम गरेको छ, त्यसको यो बैठक कडा विरोध गर्दछ' माओवादीले सोमवार सार्वजनिक गरेको तथा पोखरा वैठकले पारित गरेको प्रस्ताबमा उल्लेख छ, ' यसका साथै ती अर्ध–सैनिक बलहरुलाई चाँडो भन्दा चाँडो ती क्षेत्रहरुबाट फिर्ता गर्न पनि भारत सरकारसँग जोडदार माग गर्दछ ।' माओवादीले भारतमा भाकपा माओवादीले सञ्चालन गरेको हिंसात्मक युद्धलाई न्यायोचित भन्दै समर्थन गर्दै आएको छ । माओवादीले नेपाली भूमिको दुरुपयोग गरी 'फ्रि तिब्बत' गतिविधि सञ्चालन भइरहेको भन्दै नियन्त्रणका लागि सरकाससँग मागसमेत गरेको छ ।
No comments:
Post a Comment