Follow palashbiswaskl on Twitter

ArundhatiRay speaks

PalahBiswas On Unique Identity No1.mpg

Unique Identity No2

Please send the LINK to your Addresslist and send me every update, event, development,documents and FEEDBACK . just mail to palashbiswaskl@gmail.com

Website templates

Jyoti basu is dead

Dr.B.R.Ambedkar

Monday, June 29, 2015

संविधानमा मेरो सुझाव:

संविधानमा मेरो सुझाव:
१) सङ्घीयता र प्रदेश रचना 
क) प्रदेशको सिमांकनको मुद्धा अन्तिम निष्कर्षमा नपुग्दासम्म संविधान सभा विघटन नगरियोस्। उच्च आयोगलाई ३ महिनाको समयावधि दिएर सोही समयभित्रमा अहिलेसम्म सहमति भएका संविधानका मस्यौदा अवलोकनको लागि देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको हात हातमा पुर्याइयोस्। जनताको सुझाव र आयोगको सुझावलाई सङ्कलन गरि तीन महिना पछि पुन: ब्यापक छलफल गरेर पूर्ण संविधान जारि गरियोस्। 

ख) सबै राजनीतिक दलहरू (संविधान सभामा भएका र नभएका), जनजाति, मधेशी, मुस्लिम, दलित र अल्पसंख्यकहरूको प्रतिनिधिहरू सहभागी रहेको एउटा सामूहिक वैठक बसाएर सबैको साझा सहमतिमा पहिचानका ५ र सामर्थ्यका ४ आधारमा प्रदेशको नामांकरण सोहि तीन महिना भित्रमा नै टुंग्याइयोस्। 

२) संसद र निर्वाचन प्रणाली 
क) ) आठ प्रदेश सभामा ४५ सभासद्को दरले जम्मा ३६० प्रदेश सभा सदस्यहरू हुने व्यवस्था भएको हकमा कन्द्रीय प्रतिनिधि सभाको संख्या १८० भन्दा बढी नबनाइयोस्। 

ख) सभासद हुने उम्मेदवारको न्युनतम शैक्षिक योग्यता कम्तिमा +२ अथवा प्रविणता प्रमाणपत्र तह उतिर्ण गरेको हुनु पर्ने र उमेरको हकमा ६५ बर्ष ननाघेको हुनु पर्ने व्यबस्था बनाइयोस्। 

३) शासकीय स्वरूप 
क) प्रतिनिधि सभामा एकल बहुमत प्राप्त वा अन्य दलको समर्थनमा बहुमत प्राप्त दलका नेता कार्यकारी प्रमुख हैसियतमा प्रधानमन्त्री चयन भईसके पछि संसदमा अर्को पाच बर्षसम्म अविश्वासको प्रस्ताव दर्ता गर्न नपाईने व्यवस्था गरियोस्। ताकि पुरै पाच बर्षसम्म एक सक्षम/दक्ष व्यक्तिले सरकार चलाउन पाउने छन्। सक्षम नेताले मूलुकलाई समृद्धि र अग्रगमनतिर उन्मूख गराउनेछ भने अदक्ष नेता अर्को चुनावमा बिलय हुनेछ। 

ख) एउटै व्यक्ति दुई कार्यकालसम्म कार्यकारी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरियोस् । 

ग) उपराष्ट्रपतिको खासै गहन भूमिका नदेखिएकोले उपराष्ट्रपतिले सभामुखको भूमिका पनि निर्वाह गर्ने व्यवस्था गरियोस्। 

घ) मुलुकको कुनै पनि मन्त्री हुने उम्मेदवारको शैशिक योग्यता कम्तिमा स्नातकोत्तर हुनु पर्ने व्यवस्था बनाइयोस्। 

ङ) महिला प्रधानमन्त्री हुँदा पुरुष राष्ट्रपति तर एउटै समूदायको व्यक्तिहरू राष्ट्रपति र प्रधानमन्त्री हुन नपाउने व्यवस्था बनाइयोस्। 

संविधानको मस्यौदा प्राप्त भएपछि थप सुझाव पेश गरिने।   
हुम सुनारीमगर 
रियाद, साउदी अरेवीया 
इमेल: humbsmgr@gmail.com 

No comments: