Follow palashbiswaskl on Twitter

ArundhatiRay speaks

PalahBiswas On Unique Identity No1.mpg

Unique Identity No2

Please send the LINK to your Addresslist and send me every update, event, development,documents and FEEDBACK . just mail to palashbiswaskl@gmail.com

Website templates

Jyoti basu is dead

Dr.B.R.Ambedkar

Friday, May 1, 2015

महाभूकम्प-२०७२» घरहरूलाई ‘रेड’, ‘ग्रिन’ र ‘एल्लो’ वर्गीकरण गरिने कस्ता घरमा बस्ने ?

महाभूकम्प-२०७२»

घरहरूलाई 'रेड', 'ग्रिन' र 'एल्लो' वर्गीकरण गरिने

  • कस्ता घरमा बस्ने ?
  • काठमाडौ, वैशाख १८ - 
    भूकम्पले असर गरेका कस्ता घरमा बस्ने? कुन घरको अवस्था कस्तो छ? यसको यकिन नहुँदा सर्वसाधारण अझै घर फर्किन सकेका छैनन्। प्राविधिकहरूको सल्लाहबिना घर छिर्दा जोखिम हुन सक्छ। त्यसैले घरको जोखिमको मूल्यांकन नेपाल इन्जिनियर्स पेसाकर्मी संघले गरिदिने भएको छ। 

    भूकम्पले क्षति पुर्‍याएका घरहरूलाई 'रेड', 'एल्लो' र 'ग्रिन' गरी तीन श्रेणीमा वर्गीकरण गरिने संघका अध्यक्ष इन्जिनियर माधव कोइरालाले जानकारी दिए।

    उनका अनुसार बस्न नमिल्ने घरमा 'रेड', मर्मतपछि बस्न मिल्नेलाई 'एल्लो' र बिनामर्मत बस्न सकिनेलाई 'ग्रिन' चिह्न लगाइनेछ। 'पहिलो चरणमा सबैभन्दा बढी क्षतिग्रस्त स्थानमा टोली परिचालित हुनेछ,' कोइरालाले कान्तिपुरसँग भने।

    प्राविधिक परामर्शको तयारीका लागि संघले शनिबार इन्जिनियरहरूको भेला बेलाएको छ। उक्त भेलामा कसरी काम सञ्चालन गर्ने भन्नेबारे इन्जिनियरहरूलाई निर्देशन दिने र टोली निर्धारण गर्ने कोइरालाले जानकारी दिए।

    महानगरपालिका र भवन विभागका अधिकारीहरू समेतलाई जानकारी दिएर इन्जिनियरहरूले प्राविधिक सहयोग गर्न लागेका हो। प्रारम्भिक चरणमा तीन दिनसम्म परीक्षण गर्ने र त्यस क्रममा भएको कामका आधारमा सरकारी निकायहरूलाई जानकारी गराई थप परीक्षणमा खटिने उनले उल्लेख गरे। 'पहिलो चरणको कामपछि कस्ता समस्या देखिन्छन्, त्यसका आधारमा सरकारलाई सुझाव दिन्छांै,' अध्यक्ष कोइरालाले भने, 'सरकारी निकायहरूबाट थप सहयोग भए मुलुकभर सबैतिर हामी टोली पठाउन सक्छांै।' संघले झन्डै पाँच सयजनालाई परिचालन गर्ने तयारी गरेको छ।

    सरकारी निकायमा प्राविधिकहरू अन्य काममा बढी व्यस्त भएकाले उनीहरूले तत्काल वर्गीकरण गरिदिने अवस्था नभएकाले इन्जिनियहरूले आफंै पहल गर्न लागेका हुन्। इन्जिनियहरूहरू आधिकारिक हुन कि होइनन् भन्ने पहिचान सर्वसाधारणले इन्जिनियरिड काउन्सिलले दिएको नम्बरबाट गर्न सक्छन्। 

    हरेक इन्जिनियरको इन्जिनियर काउन्सिलले दिएको नम्बर हुन्छन्। त्यो नम्बर नै उनीहरूको आधिकारिक हुन् भन्ने पहिचान दिलाउँछ। त्यसैले सर्वसाधारणले प्राविधिक सहयोग लिन उक्त नम्बरलाई आधार मान्न कोइरालाले आग्रह गरेका छन्।


    अब भवन निर्माणको नयाँ नीति

    उद्धार र राहतको काम सकिएपछि सरकारले भवन निर्माणको नयाँ नीति ल्याउने भएको छ। सहरी क्षेत्रमा पक्का र ठुल्ठूला भवनसमेत क्षति भएपछि पुरानो नीतिमा परिमार्जन गर्न लागिएको हो। 'घर निर्माणको नीतिमा पुनर्विचार गर्नुपर्नेछ, यसका लागि राहत र उद्धारका काम सकिएपछि सरकारले काम अघि बढाउँछ,' सहरी विकासमन्त्री नारायण खड्काले कान्तिपुरसँग भने। भूकम्पीय जोखिमको मूल्यांकन नगरी घर बनाउने प्रवृत्तिले पनि अहिले धेरै क्षति भएको छ। भूगोलको बनोट अनुसार कहाँ, कति तलासम्म बनाउन पाइने भन्ने स्पष्ट नीति नहँुदा नयाँ बनेका धेरै घरमा क्षति पुगेको छ।
  • http://www.ekantipur.com/kantipur/2072/1/18/full-story/345721.html

No comments: