Follow palashbiswaskl on Twitter

ArundhatiRay speaks

PalahBiswas On Unique Identity No1.mpg

Unique Identity No2

Please send the LINK to your Addresslist and send me every update, event, development,documents and FEEDBACK . just mail to palashbiswaskl@gmail.com

Website templates

Jyoti basu is dead

Dr.B.R.Ambedkar

Saturday, May 2, 2015

फेसबुकले दुई दिनमा जुटायो १ अर्ब रुपैयाँ आफ्नोतर्फबाट २० करोड सहयोग

फेसबुकले दुई दिनमा जुटायो १ अर्ब रुपैयाँ

  • आफ्नोतर्फबाट २० करोड सहयोग
  • काठमाडौ, वैशाख १८ - 
    सामाजिक सञ्जाल फेसबुकले दुई दिनभित्र नेपालका लागि १ अर्ब रुपैयाँ सहयोग जुटाएको छ। कम्पनी आफैंले पनि २० करोड रुपैयाँ थप सहयोग गर्ने भएको छ। फेसबुकले 'नेपाल अर्थक्वेक सर्पोट' नामक पेज बनाएर प्रयोगकर्तालाई सहयोगको अपिल गरेको छ। जसबाट दुई दिनभित्रै १ करोड अमेरिकी डलर जुटेको हो। सामाजिक सञ्जालमार्फत पहिलो पटक ठूलो रकम नेपालमा सहयोग हुन लागेको छ। 

    'हामीले सबैलाई फेसबुकमार्फत स्थानीय राहत कार्यमा सहयोग गर्ने अवसर दियौं', फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नो पेजमा भनेका छन्, 'दुई दिनभित्रै ५ लाखभन्दा बढी व्यक्तिले १ करोड डलर सहयोग गरेका छन्।' सहयोग रकम इन्टरनेसनल मेडिकल कर्पमार्फत गैरनाफामूलक संस्थालाई उपलब्ध गराउने उनले उल्लेख गरेका छन्। 'स्थानीय पुन:स्थापना कार्यमा फेसबुकले थप २० लाख डलर सहयोग गर्नेछ', उनले लेखेका छन्।

    जुकरबर्ग फेसबुकमा जुटिरहेको सहयोगबाट उत्साही देखिएका छन्। 'नेपालमा भुकम्प गएपछि हामीले हाम्रो समुदाय (फेसबुक) ज्यादै अद्भुत तरिकाबाट सँगै आएको देखेका छौं', उनले आफ्नो पोस्टमा लेखेका छन्। कम्पनीले नेपाललाई लक्षित गरेर 'सेफ्टी चेक' नामक अप्सन फेसबुकमा राखेको थियो। जहाँ प्रयोगकर्ताले आफू सुरक्षित रहेको सूचना एक क्लिकमार्फत आफ्ना सबै फेसबुक 'फ्रेन्ड' लाई दिनसक्ने व्यवस्था थियो। 'हामीले सेफ्टी चेक सुरु गरेपछि ७० लाखभन्दा बढी व्यक्ति उक्त क्षेत्रमा सुरक्षित रहेको देखिन्छ', उनले लेखेका छन, '१५ करोडभन्दा बढी फ्रेन्ड्सलाई सूचना पाउन र त्यो अपडेटले व्यक्तिहरूलाई सहज बस्न सँगै राहत योजनालाई सहयोग पुग्यो।' संकटका समयमा सम्पर्क र जानकारी आदनप्रदान हुने कार्यको ठूलो महत्त्व रहने जुकरबर्गले लेखेका छन्। वाट्स एप र म्यासेन्जर नेपाल सहितको क्षेत्रमा सहयोग माग्न प्रयोग भइरहेको उनले बताएका छन्। 'सहयोगकर्ता ग्रुपमार्फत सहकार्य गर्दै क्षतिग्रस्त क्षेत्र खोजिरहेका छन्' उनले पोस्टमा उल्लेख गरेका छन्। पत्रकार र संञ्चार संस्था इन्स्टाग्रामलाई फोटो 'सेयर' गर्ने प्राथमिक माध्यमका रूपमा लिइरहेको उनले बताएका छन्। 

    जुकरबर्गले फेसबुक प्रयोगकर्तालाई सहयोग उपलब्ध गराएकामा धन्यवाद पनि दिएका छन्। 'आवश्यक पर्दाको समय हाम्रो समुदायसँगै आएर सहयोग गरेको देख्नु ज्यादै प्रेरणादायी छ', उनले लेखेका छन्, 'हामी तपाईंहरूलाई सेवा दिन र नेपालमा प्रभावितलाई सहयोग पुर्‍याउने काममा आभारी छौं।' फेसबुकले नेपालको भूकम्पबारे सहयोग माग्दै बनाएको पेजमा राजधानी नजिकै ७ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको र हजारौ व्यक्तिको नेपाल, भारत सहित बंगलादेशमा मृत्यु भएको उल्लेख गरेको छ। 



    सहयोग रकम इन्टरनेसनल मेडिकल कर्पलाई उपलब्ध गराउने जानकारी छ। यो संस्था क्षतिग्रस्त क्षेत्रमा आफंै गएको र भूकम्पबाट बाँचेकालाई सहयोग आवश्यक रहेको लेखिएको छ। 

    क्षतिग्रस्त स्थानमा सेवा दिने संस्था इमर्जेन्सी रेस्पोन्स टिममार्फत मोबाइल मेडिकल युनिट सञ्चालन भइरहेको जानकारी दिइएको छ। सहयोगमा उक्त संस्थाले हाइजिन किट, पानी शुद्ध बनाउने औषधि र स्वास्थ्यसँग सम्बन्धित अन्य सामग्री उपलब्ध गराइरहेको लेखिएको छ। 'अघि हेर्दा, तपाईंको उपहारले उद्धारकर्ता समूहलाई बाँचेका व्यक्तिलाई सहयोग गर्न, स्वास्थ्य सेवा सुचारु गर्न र नेपाललाई पुनर्निर्माण गर्न सहयोग गर्नेछ' फेसबुक पेजमा लेखिएको छ। फेसबुकले दुई दिनमै नेपालका लागि ठूलो रकम संकलन गरेपछि टाइम म्यागजिनले पनि प्रमुखताका साथ समाचारलाई अनलाइन संस्करणमा राखेका छन्। 

    अप्रिल २७ मा मार्क जुकरबर्गले आफ्नो पेजमा राहत संकलन गर्ने जानकारी दिंदै एउटा पोष्ट राखेका थिए। त्यसको दुई दिन अघि उनले नेपालमा 'सेफ्टी चेक' नामक सेवा फेसबुकमा राखेका थिए। 

    फेसबुकसँगै एप्पलले पनि आफ्नो उत्पादन आइट्युन्समार्फत नेपालका लागि सहयोग जुटाइरहेको छ। यो संस्थामार्फत संकलन भइरहेको रकमको विवरण सार्वजनिक भइसकेको छैन। एप्पलले उठेको रकम अमेरिक रेडक्रसमार्फत उपलब्ध गराउने जानकारी भने दिइसकेको छ।

    आइट्युन्सले ५ देखि २ सय अमेरिकी डलर सहयोग आफ्ना प्रयोगकर्तामार्फत उठाइरहेको छ। 
  • http://www.ekantipur.com/kantipur/2072/1/18/full-story/345715.html

No comments: