Sunday, April 5, 2015

डा. सी. के. राउतमाथि प्रहरी दमनको काठमाडौं लगायत देशभर विरोध प्रदर्शन मोरंगबाट ८ जना गिरफ्तार

डा. सी. के. राउतमाथि प्रहरी दमनको काठमाडौं लगायत देशभर विरोध प्रदर्शन
मोरंगबाट ८ जना गिरफ्तार

२०७१ चैत्र २२ गते - चैत २१ गते डा. सी. के. राउतलाई झापाको राजगढ़मा आयोजित सभामा सम्बोधन गर्न जाँदा प्रहरीले उहाँमाथि सीधै लाठी चार्ज गरी टाउको र पाखुरामा घाइते तुल्याई कार्यक्रम बिथोलेको विरोधमा आज दिनभरि मधेशका विभिन्न जिल्लामा तथा काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ। सोही क्रममा मोरंग जिल्लाबाट ८ जना गिरफ्तार भएका छन्। मोरंग जिल्लाबाट गिरफ्तार हुनेहरूमा रामेश्वर पंडित, छोटेलाल सोरेन, बद्री साह, डा. संजय साह, डा. परमेश्वर मुर्मु, सरोज शर्मा, वी.पी. मंडल, अंजय मिश्र रहेका छन्।

झापाको राजगढमा चैत्र २१ गते प्रहरीको दमन हुँदा डा. सी. के. राउत, दशरथ मुखिया, कौशिला महतो, सीताराम पंडित लगायत १८ जना घाइते भएका थिए भने प्रहरीले ६१ जनालाई हिरासतमा लिएका थिए। राजगढ़मा स्थानीय महिलाहरूलाई समेत भूईंमा पछारेर प्रहरीले लाठी चार्ज गरेका थिए। फलस्वरूप स्थानीय जनता प्रहरीको दमनबाट व्यापक रूष्ट भएका थिए।






No comments:

Post a Comment