Saturday, April 4, 2015

निर्बाचन हुने नहुने?

एनआरएन एनसीसी अफ युएसएको आशन्न निर्बाचन हुने नहुने टुंगो छैन, कोहि कोहि उम्मेदवारहरुलाई आफ्नो फोटो फेसबुकमा घुमाएर आत्मरति मिलिरहेको छ, कम्तिमा अप्रिल ६ तारिख बेलुका ५ बजे(अमेरिकाको पूर्बी समय) सम्म पनि पर्खने नसक्नेहरुका लागि निर्बाचन २ हप्ता लम्बिए के होला? कति फ्रस्टेसन होला? त्यहि फ्रस्टेसनले काम काज छोडेर घर बस्दै मानसिक रोगको औषधि खाने बनाउन बेर छैन । समाजसेवा गर्न तत्पर यस्ता लालायितहरुले समाजको भलो कदापि चिताउन सक्दैनन, यिनीहरु हरुवा (लूजर) हुन । लूजरहरुलाई जहिले पनि हारको डर हुन्छ, त्यसैले उनीहरु फोटो घुमाएर बिजयको मिठो सपना बुनिरहन्छन । यी बिचराहरुलाई के थाहा? जित्ने ट्रिक जान्नेहरु चुपचाप बसिरहेका छन भन्ने कुरा । हारको डरले फोटो फेसबुकमा घुमाउनेहरुले बुझुन -चुनाव मतले होइन, साम, दाम, दण्ड र भेदले जितिन्छ, यो नेपाली धनी परम्परा र अभ्यास भैसकेको छ ।

यहि एनआरएन एनसीसी अफ युएसएको पोहोर सालको चुनाव नै पनि भोटले होइन नोटले निकै प्रभावित पारेको थियो र एक थरि धेरै नोटहुनेहरुको जगजगी कायम भएको नजिर अहिले पनि सल्बलाई रहेको छ । अप्रिल १६-२० सम्म कहीं नभएको ५ दिन भोट हाल्ने प्रक्रिया कति भ्रमपूर्ण छ, कसैलाई थाहा छ? कीन यसो गरिदैछ? यसको पछाडी न्युयोर्क र क्यालिफोर्नियामा १०-१० वटा कम्युटर भाडामा लिएर बुथ थाप्न अहिलेदेखि अग्रसर व्यक्तिहरुलाई फाइदा पुर्याउन त्यसो गरिएको होइन, कसले भन्न सक्छ? चुनावमा पोहोरसाल जो लफडा गर्न उद्दत थिए, उनीहरुनै अहिले सक्रिय भएका छन । सदस्यता प्रमाणीकरण समिति किनिएका भोटहरुको प्रमाणीकरण गर्न असफल भएको प्रमाण हिजो बेलुका फेसबुकमा निस्की हालेको थियो भने निर्बाचन आयोग त्यहि प्रमाणित सदस्यहरुलाई लिएर निर्बाचनमा होमिएको हुँदा निर्बाचन निस्पक्ष र पारदर्शी छैन भन्ने कुरा बताईरहन परेन । यतिखेर उताबाट रास्ट्रिय निर्बाचन आयोगलाई आइसीसीले लोप्पा ख्वाई रहेकै छ भने यता निर्बाचनका केहि उम्मेदवारहरुले कानूनी चुनौती थोपरेका छन । हेरौं कसरी आयोग चट्पटाउँदो रहेछ? 

यकातिर यस्तो अबस्थामा फोटो घुमाउनेहरुले अर्को कुरो बुझेका छैनन -त्यो हो रास्ट्रिय निर्बाचन आयोग के गरिरहेको छ? मतदाताहरु र उम्मेदवारहरुलाई बेलामा दिनु पर्ने सुचना आयोगले ४८ घण्टा ढिलो गरि दिन्छ । कछुवाको तालमा हिंडिरहेको आयोगको यो दुर्दशा देख्दा उ मतदाताहरु र उम्मेदवारहरुप्रति गैरजिम्मेवार बनिरहेको छ । 
#sidhakurausa

No comments:

Post a Comment